एम्बुलेन्सबाट १४८ केजी गाँजा बरामद, चालकसहित दुई जना पक्राउ
सुनसरी, वैशाख २३ । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडाबाट प्रहरीले एम्बुलेन्समा लुकाइ राखिएको १४८ केजी गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो।
प्रहरी उपरीक्षक केशवकुमार थेबेले एम्बुलेन्स चालक भारतको विहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र २१ वर्षीय मोहमद सदामलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।
प्रहरीले बरामद गाँजा र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

