धादिङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प



काठमाडौँ, वैशाख २४। धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू तथा काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु धादिङको चराङ्गे फेदी क्षेत्रमा रहेको थियो ।

हालसम्म उक्त भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्