क्षेत्रीय सहकार्य सुदृढ बनाउन नेपाल–सार्क छलफल
काठमाडौं,बैशाख २४ । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले बिहीबार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा उहाँहरूबीच क्षेत्रीय सहयोगलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
साथै दक्षिण एसियाली मुलुकहरूबीच सहकार्य विस्तार गर्ने विषयमा समेत विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

