प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस



काठमाडौँ,बैशाख २४। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको संवैधानिक परिषद् बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।

संवैधानिक परिषद्को सिफारिसपछि अब संसदीय सुनुवाइ समितिले शर्मामाथि सुनुवाइ गर्नेछ । समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट उहाँलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त गरिने संवैधानिक व्यवस्था छ ।

संसदीय सुनुवाइ प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले नियुक्ति प्रक्रिया भने केही दिनपछि टुंगिनेछ ।

प्रतिक्रिया दिनुहोस्