विपद् व्यवस्थापनबारे रास्वपाले राष्ट्रिय नीति मन्थन गर्दै



काठमाडौं,बैशाख २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्ने भएको छ ।

रास्वपाको ‘पार्टी–संसद्–सरकार समन्वय समिति’को आयोजनामा यही वैशाख २७ गते उक्त कार्यक्रम गर्न लागिएको पार्टीका महामन्त्री तथा समितिका संयोजक भूपदेव शाहले जानकारी दिनुभयो ।

नेपालमा हरेक वर्ष हुने विपद्जन्य घटनाबाट हुने जनधनको क्षति कम गर्दै प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय नीतिनिर्माणमा ठोस योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक शाहले बताउनुभयो ।

कार्यक्रम वैशाख २७ गते दिउँसो ३ बजेदेखि ६ बजेसम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्ड को सभाहलमा सञ्चालन हुने जनाइएको छ ।रास्वपाले कार्यक्रममा सहभागी हुन पार्टीका सबै केन्द्रीय विभागका प्रमुख तथा प्रतिनिधिलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्