सुनचाँदीको मूल्यमा लगातार उछाल, सुन तोलाकै तीन लाख नजिक
काठमाडौँ, वैशाख २५ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १२० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला पाँच हजार १५५ रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँ तथा चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य उकालो लागिरहेको देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन चार हजार ७१५ अमेरिकी डलर र चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

