आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान



काठमाडौँ,बैशाख २५। विभिन्न विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदमा सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका लागि आवेदन माग गरेको हो ।

समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय का रिक्त उपकुलपति पदका लागि आवेदन माग गरिएको हो ।

समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ । उक्त कार्यविधिअनुसार योग्य उम्मेदवारबाट आवेदन संकलन गरी छनोट प्रक्रिया अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्