राष्ट्रियसभाको सचेतकमा रोशनी मेचे चयन



काठमाडौं, वैशाख २५ । नेकपा एमालेले राष्ट्रियसभाको सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मेचेलाई राष्ट्रियसभाको सचेतकको जिम्मेवारी सुम्पिनुभएको हो।

मेचेको नियुक्तिसँगै राष्ट्रियसभामा एमाले संसदीय दलको गतिविधि समन्वय, बैठक व्यवस्थापन तथा पार्टीको तर्फबाट संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्