प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान
काठमाडौँ ,बैशाख २५— संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु गरेको छ ।
संवैधानिक परिषद्ले हिजो मात्रै शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि आज समितिको बैठक बसेर सुनुवाइ प्रक्रिया अघि बढाएको हो ।
समितिको आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ । समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइका लागि १० दिनको समय दिइएको छ । उक्त अवधिभित्र इच्छुक व्यक्तिले उजुरी दर्ता गर्न सक्नेछन् ।

