नुवाकोट बार एसोसिएसनमा उत्तम घिमिरेको नेतृत्व चयन



विदुर,बैशाख २५। नुवाकोट बार एसोसिएसनको १९औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। शुक्रबार विदुरमा सम्पन्न साधारण सभाले अधिवक्ता उत्तम घिमिरेको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, सचिवमा गरिमा पाण्डे, सह–सचिवमा वासुदेव रिजाल तथा कोषाध्यक्षमा नवदीप श्रेष्ठ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सुदनराज कडुवाल, सुकबहादुर तामाङ, सुनिल रिमाल, कुशल दुवाडी, पार्वती लोहनी र सुमन चालिसे चयन भएका छन्।

साधारण सभाबाट केन्द्रीय पार्षदमा कुमार अधिकारी, कृष्णलाल श्रेष्ठ, ओमकुमारी भट्ट तथा किरणप्रकाश कुइकेल चयन भएका छन्।नवनिर्वाचित नेतृत्वलाई कानुन व्यवसायी तथा शुभेच्छुकहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्