‘प्यारी छोरी माया’ सार्वजनिक : महिला हिंसा र यौन शोषणविरुद्ध सशक्त आवाज



काठमाडौँ,बैशाख २६– उपन्यासकार रेबी बज्राचार्य ले ‘प्यारी छोरी माया’ नामक नयाँ उपन्यास सार्वजनिक गर्नुभएको छ। समाजमा महिला तथा बालबालिकामाथि हुने हिंसा र यौन शोषणलाई केन्द्रमा राखेर लेखिएको उक्त कृति पाठकमाझ नयाँ साहित्यिक कोशेलीका रूपमा आएको हो।

उपन्यासले स्वच्छ, सुरक्षित र हिंसामुक्त समाज निर्माणको आवश्यकतामा जोड दिएको छ। साथै, महिला हिंसाविरुद्ध चेतना अभिवृद्धि, पीडितलाई न्यायको सुनिश्चितता र सामाजिक संवेदनशीलताको महत्त्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।

लेखिका बज्राचार्यले देश तथा विदेशमा महिलामाथि भइरहेका हिंसा, विभेद र अन्यायका घटनाबाट प्रभावित भएर उपन्यास लेखेको बताउनुभएको छ। उहाँका अनुसार कृतिमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्