चार वर्षदेखि बचत फिर्ता नगरेपछि मञ्जुश्री सहकारीका अध्यक्ष पक्राउ
काठमाडौँ,बैशाख २६– सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् ।
वाग्मती प्रदेश सरकारअन्तर्गतको सहकारी मन्त्रालयमा सहकारीले बचतकर्ताको रकम चार वर्षदेखि फिर्ता नगरेको भन्दै उजुरी परेपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी अभियोगमा घिमिरेलाई पक्राउ गरी सोधपुछ तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सहकारीले करिब एक सय ५० बचतकर्ताको रु १५ करोडभन्दा बढी बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ ।

