दुप्चेश्वर धाममा एकैदिन झण्डै तीन लाख भेटी संकलन



नुवाकोट, बैशाख २६ – दुप्चेश्वर धाम मा शनिबार रु. २ लाख ९८ हजार ३ सय ६९ भेटी संकलन भएको छ।

दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार उक्त रकममध्ये क्यूआर मार्फत रु. १४ हजार ७ सय ४४ तथा सन्ध्या आरतीमार्फत रु. १ लाख ५५ हजार ४ सय ६० संकलन भएको हो।

कोषका कोषाध्यक्ष श्रेष्ठले समय अनुकूल हुने श्रद्धालु तथा सर्वसाधारणलाई प्रत्येक दिन बेलुका ५ बजे धाममा हुने भेटी गणनामा सहभागी हुन आग्रह गर्नुभएको छ।

दुप्चेश्वर क्षेत्र विकास कोष र दुप्चेश्वर गाउँपालिका को समन्वयमा धाम व्यवस्थापन तथा धार्मिक गतिविधि सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्