दूरसञ्चार प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रका पदमा दरखास्त आह्वान
काठमाडौँ, वैशाख २७ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण को अध्यक्ष र सदस्य तथा सुरक्षण मुद्रण केन्द्र को कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले शनिबार सूचना प्रकाशित गर्दै प्राधिकरणको अध्यक्ष पदमा एक जना तथा सदस्य पदमा चार जना उम्मेदवार छनोट गरी नियुक्त गर्न लागिएको जनाएको हो । इच्छुक तथा योग्य नेपाली नागरिकलाई आगामी जेठ ५ गतेभित्र दरखास्त पेस गर्न आग्रह गरिएको सूचनामा उल्लेख छ ।
त्यसैगरी, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा एक जना उम्मेदवार नियुक्त गर्नका लागि पनि आवेदन खुला गरिएको मन्त्रालयले जनाएको छ । उक्त पदका लागि पनि योग्य इच्छुक व्यक्तिले जेठ ५ गतेभित्र दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

