भृकुटीमण्डपका सटरधनीबाट ४० लाखभन्दा बढी बक्यौता असुल
काठमाडौँ, वैशाख २७ – समाज कल्याण परिषद् ले भृकुटीमण्डपस्थित भवन, हल र सटर भाडामा लिएका विभिन्न सङ्घसंस्थाबाट ४० लाख ७५ हजार ७५४ रुपियाँ बक्यौता असुल गरेको छ ।
परिषद्ले लामो समयदेखि भाडा नतिर्ने निकायलाई दुई पटक सार्वजनिक सूचना जारी गर्नुका साथै कार्यालयमा तालाबन्दी गरेपछि उक्त रकम उठेको हो । परिषद्का भृकुटीमण्डप कार्यालय प्रमुख खगनाथ रेग्मी का अनुसार कुल सात करोड ४० लाख सात हजार ४०१ रुपियाँ बक्यौतामध्ये अझै करिब सात करोड रुपियाँ उठ्न बाँकी छ ।
उहाँले नयाँ पदाधिकारी आएपछि बाँकी रकम कानुनबमोजिम असुलउपर गरिने बताउनुभयो । परिषद्का अनुसार नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखा, नेपाल फोटो पत्रकार सङ्घ, काठमाडौं सार्वजनिक पुस्तकालय र अपाङ्ग महासङ्घ लगायत निकायबाट ठूलो रकम बक्यौता उठाउन बाँकी छ ।
तालाबन्दीपछि सबैभन्दा बढी रकम ऋषि धमला नेतृत्वको रिपोर्टर्स क्लबले बुझाएको परिषद्ले जनाएको छ

