नेपाल महिला सङ्घको अध्यक्षमा मीनाकुमारी खरेल नियुक्त
काठमाडौँ,बैशाख २७– नेपाल महिला सङ्घ को अध्यक्षमा मीनाकुमारी खरेल नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस को कार्यसम्पादन समितिको निर्णयअनुसार सभापति गगनकुमार थापा ले उहाँलाई १७ बुँदे कार्यादेशसहित जिम्मेवारी प्रदान गर्नुभएको हो ।
खरेललाई आगामी फागुन १५ गतेभित्र सङ्घको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तथा साउन १ गतेभित्र विस्तृत कार्यतालिका पार्टीसमक्ष पेस गर्ने जिम्मेवारी दिइएको छ ।
यसैबीच, सभापति थापाले प्रदेश र स्थानीय सरकारलाई सङ्घीय सरकारले गरेका कमजोरी नदोहो¥याउन आग्रह गर्नुभएको छ ।सुकुमवासी व्यवस्थापनका नाममा कानुनविपरीत डोजर चलाउने शैली स्वीकार्य नहुने भन्दै उहाँले योजनाबद्ध र मानवीय ढङ्गबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

