नुवाकोटको समुन्द्रादेवी माविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक



नुवाकोट, वैशाख २७ — नुवाकोटको शिवपुरी गाउँपालिका–६ खोलेगाउँस्थित श्री समुन्द्रादेवी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि वार्षिक कार्ययोजनासहितको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनिमाया तामाङले शैक्षिक क्यालेन्डर विमोचन गर्नुभएको विद्यालयका प्रधानाध्यापक महेन्द्र ढकालले जानकारी दिनुभयो ।

विद्यालयका अनुसार ५०० प्रति क्यालेन्डर छपाइ गरिएको छ । क्यालेन्डर छपाइमा सहयोग पुर्‍याउनुहुने नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा समाजसेवी, सोही वडाका निवासी एवं विद्यालयका शुभचिन्तक दामोदर बस्नेतप्रति विद्यालयले आभार व्यक्त गरेको छ । साथै सृजना ज्ञानसागर माध्यमिक विद्यालयप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ ।

विद्यालयले संस्थाको शैक्षिक तथा भौतिक विकासमा सहयोग र योगदान पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य र सहयोगको अपेक्षा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्