नुवाकोट मोबाइल व्यवसायी सङ्घको अध्यक्षमा सरोज श्रेष्ठ



नुवाकोट, वैशाख २८ । विभिन्न कम्पनीका मोबाइल बिक्रेताहरुको संस्था नुवाकोट मोबाइल व्यवसायी सङ्घको पहिलो अधिवेशनबाट सरोज श्रेष्ठ अध्यक्षमा चयन भएका छन् ।

अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घको उपाध्यक्षमा लोकेश प्रधान, सचिवमा सुरेश अर्याल, सहसचिवमा कुमार डंगोल तथा कोषाध्यक्षमा विकास न्यौपाने चयन भएका छन् ।

यस्तै सदस्यहरुमा समिर भुजेल, विरिलाल महतो, शंकर पाठक, रिनेशकुमार श्रेष्ठ, मुन्ना गिरी, सुवास श्रेष्ठ, सकिल खान, मिलन क्षेत्री, दिनेश घिमिरे, राजेन्द्र श्रेष्ठ, अनिष ढकाल र प्रभात ग्लान चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले मोबाइल बिक्री, वितरण तथा मर्मत सेवामा एकरुपता ल्याउँदै उपभोक्तालाई प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यका साथ सङ्घले काम गर्ने बताए ।

अधिवेशनको उद्घाटन नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य बद्री कुँवरले गरेका थिए । कार्यक्रममा महासङ्घ बागमती प्रदेश सदस्य रजित अर्याल तथा नुवाकोट उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष सविन राजभण्डारीलगायतले व्यवसायीहरुको हकहितका लागि संगठित हुनु सकारात्मक कदम भएको धारणा व्यक्त गरेका थिए ।

नुवाकोटका करिब एक सयभन्दा बढी मोबाइल व्यवसायी सङ्घमा आबद्ध रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्