योग्यताका आधारमा मात्रै शिक्षक नियुक्ति गरिने : राष्ट्रपति पौडेल
काठमाडौं, वैशाख २८ — सरकारले अबदेखि राजनीतिक आडमा नभई योग्यताको आधारमा मात्रै शिक्षक नियुक्ति गरिने घोषणा गरेको छ।
सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामचन्द्र पौडेल ले शिक्षक नियुक्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाइने बताउनुभएको हो।
राष्ट्रपति पौडेलले योग्यताका आधारमा शिक्षक नियुक्ति गरिने उल्लेख गर्दै शिक्षकहरूको उचित तलब तथा पारिश्रमिकको व्यवस्था गरिने जानकारी दिनुभयो।
उहाँले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने सरकारको लक्ष्य रहेको भन्दै विद्यालय तहमा डिजिटल प्रविधिमा आधारित पठनपाठन विस्तार गरिने पनि

