आजै सार्वजनिक हुँदै एसईई नतिजा



काठमाडौं, वैशाख २८ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले एसईईको नतिजा सोमबार नै सार्वजनिक गर्ने निर्णय गरेको हो । यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।यस वर्ष परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन दिएका थिए ।

तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र श्रेणीवृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्