६६ प्रतिशत विद्यार्थी उत्तीर्ण, एसईई २०८२ को नतिजा सार्वजनिक



काठमाडौं, वैशाख २८ । राष्ट्रिय परीक्षा बोर्ड ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार यस वर्ष कुल परीक्षार्थीमध्ये ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत चैत २९ गते सम्पन्न एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ जना छात्र तथा ७ जना अन्य विद्यार्थी रहेका थिए ।

बोर्डले विद्यार्थी तथा अभिभावकको सहजताका लागि एसएमएस, आइभीआर तथा विभिन्न वेबसाइटमार्फत नतिजा हेर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्