फेरि ३ लाख नाघ्याे सुनकाे भाउः आज एकैदिन प्रतितोला ४ हजार ४०० रूपैयाँ बढ्याे, चाँदिकाे कति ?



काठमाडौं,बैशाख २९ । नेपाली बजारमा सुनको मूल्यमा आज भारी वृद्धि भएको छ। आज सुनको भाउ एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ।

हिजो ताेलामा १ हजार रूपैयाँले घटेकाे सुनकाे भाउ प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि ठूलो वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको भाउ आज तोलामा ३ सय ५५ रुपैयाँले बढेको हो। यस वृद्धिसँगै आज चाँदी प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा खरिद–बिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्