एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनित
काठमाडौं,बैशाख २९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको उपनेतामा पद्मा अर्याल लाई मनोनित गरेको छ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा ले पूर्वमन्त्रीसमेत रहनुभएकी अर्याललाई उपनेताको जिम्मेवारी दिनुभएको प्रमुख सचेतक ऐन महर ले जानकारी दिनुभयो।
एमाले सचिवसमेत रहनुभएकी अर्याल समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य हुनुहुन्छ। यसअघि पार्टीले प्रमुख सचेतकमा महर तथा सचेतकमा नीता घतानी लाई मनोनित गरिसकेको छ ।

