बाँदर धपाउन सार्वजनिक बिदा



तेह्रथुम,बैशाख ३० ।  तेह्रथुमको लालीगुराँस नगरपालिका ले बाँदर धपाउनका लागि जेठ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बाँदरलाई नगर क्षेत्रबाट सीमा कटाउन ठूलो संख्यामा जनपरिचालन गर्नुपर्ने भएकाले सार्वजनिक बिदा घोषणा गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख अर्जुन माबोहाङ द्वारा जारी सूचनामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, “बाँदर खेद्नका लागि ठूलो संख्यामा जनपरिचालन आवश्यक भएको हुँदा जेष्ठ १ गते शुक्रबारका दिन अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने गरी सार्वजनिक बिदा घोषणा गरिएको बेहोरा जानकारी गराइन्छ ।”

नगरपालिकाले पछिल्लो समय बाँदरका कारण कृषिबालीमा क्षति बढ्दै गएपछि सामूहिक रूपमा नियन्त्रण अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्