ताेलामा ७०० रूपैयाँले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं,बैशाख ३०। बुधबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ भने चाँदीकाे मूल्य बढेकाे छ। हिजाे प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको सुनकाे भाउ आज ताेलामा ७०० रूपैयाँ घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ।
हिजाे छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा किनबेच भएकाे थियाे ।
यता आज चाँदीकाे मूल्य भने ताेलामा १५ रूपैयाँ बढेकाे छ। हिजाे प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएकाे चाँदी आज प्रतिताेला ५ हजार ७१० रूपैयाँ ताेकिएकाे छ।

