प्रधानमन्त्रीको अनुपस्थितिमा प्रतिनिधि सभा अवरुद्ध



काठमाडौं,बैशाख ३० । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाह को उपस्थितिको माग गर्दै विपक्षी दलहरूले बुधबार सदन अवरुद्ध गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई प्रस्तुत गर्न अनुमति दिएपछि विपक्षी सांसदहरूले विरोध जनाउँदै बैठक अवरुद्ध पारेका हुन् । सभामुख डोलप्रसाद अर्याल ले पटक–पटक सांसदहरूलाई बस्न आग्रह गरे पनि विपक्षी सांसदहरूले आपत्ति जनाइरहेका छन् ।

यसैबीच श्रम संस्कृति पार्टी ले प्रधानमन्त्री शाह उपस्थित नभएसम्म नीति तथा कार्यक्रममाथिको छलफल हुन नसक्ने अडान राख्दै संसद बैठक बहिष्कार गरेको छ । बैठकमा अर्जुननरसिंह केसी तथा ज्ञानेन्द्रबहादुर शाही ले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

सभामुखले समय दिएपछि सांसदहरूबीच सवाल–जवाफसमेत भएको थियो । प्रतिनिधि सभा नियमावलीअनुसार प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा तोकिएको मन्त्रीले सरकारका तर्फबाट जवाफ दिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्