रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ गतेदखि चितवनमा हुने



काठमाडौं,बैशाख ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो केन्द्रीय महाधिवेशन आगामी असार ७ गतेदखि चितवनमा हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टीको स्थापना दिवस पारेर पार्टीको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको रास्वपा नेता प्रकाशचन्द्र परियारले दिनुभयो ।

बैठकमा पार्टी सभापति रवि लामिछानेले महाधिवेशनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

महाधिवशेनको मिति तय भएसँगै पार्टी केन्द्रीय समिति आयोजक समितिमा रूपान्तरण भएको उहाँले जानाकारी दिनुभयो ।

केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न बिभिन्न उपसमितिहरु गठन गरेको छ ।

महाधिवेशनमा ७७ वटै जिल्लाबाट कम्तिमा २५ सय प्रतिनिधिहरु सहभागी हुने नेता परियारले बताउनुभयो ।

यसैगरी, पालिका अधिवेशन पनि आयोजना गर्ने तयारी भएको भन्दै उहाँले पालिका अधिवेशन हुन नसकेको खण्डमा अहिलेको पालिका संयोजक नै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएकोसमेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्