सुनचाँदीको भाउ घट्यो, सुन तोलामा ४ हजारले सस्तियो



काठमाडौं,जेठ १ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ४ हजार घटेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ।

यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ५ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ३५५  रुपैयाँले घटेर ५३९०  मा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको ५७४५ मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्