विदुरमा एडभान्स ब्युटी पार्लर तालिम सुरु
नुवाकोट, जेठ १२ । विदुर नगरपालिका को आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत पुराना उद्यमीको स्तर उन्नति गर्ने उद्देश्यले एडभान्स ब्युटी पार्लर (नेल कटिङ) तालिम सोमबारदेखि सुरु भएको छ ।
तालिमको उद्घाटन नगरप्रमुख राजन श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रशिक्षण नुवाकोट उद्योग वाणिज्य सङ्घ मार्फत सञ्चालित इलम प्रशिक्षण केन्द्रमा सञ्चालन भइरहेको छ ।
कार्यक्रम आगामी असार ११ गतेसम्म सञ्चालन हुने जनाइएको छ । तालिममार्फत सहभागी उद्यमीलाई सीप विकाससँगै स्वरोजगार र आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा नगर उपप्रमुख प्रभा बोगटी, वडा नं. ४ का अध्यक्ष नीलमबाबु ढुंगेल, नुवाकोट उद्योग वाणिज्य सङ्घ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, प्रशिक्षक, प्रशिक्षार्थी तथा सरोकारवालाको सहभागिता रहेको थियो

