एक साताभित्र संसद्मा उपस्थित हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता
काठमाडौँ, जेठ १२ । वालेन्द्र शाह एक साताभित्र प्रतिनिधिसभामा उपस्थित हुने जानकारी सत्तापक्षले दिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर कविन्द्र बुर्लाकोटी ले प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराउनुभएको हो ।
त्यसपछि पद्मा अर्याल ले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार सत्तापक्षको प्रस्तुति नआएको उल्लेख गर्दै सदन सरकारको प्रशंसा गर्ने थलो बन्न नहुने बताउनुभयो ।
यस्तै, प्रमेश हमाल ले प्रधानमन्त्री संसद्मा उपस्थित हुने विषयमा मुख्य सचेतकले राख्नुभएको धारणामाथि सभामुखबाट रुलिङको माग गर्नुभयो ।
खुश्बु ओली ले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारी कार्यान्वयन गर्न सत्तापक्षलाई आग्रह गर्नुभयो भने ध्रुवराज राई ले संयमित ढंगले सदन सञ्चालन गर्दै विपक्षीको आवाज सुन्नुपर्ने धारणा राख्नुभयो ।
विपक्षी दलहरूले लामो समयदेखि प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएर उठेका विषयमा जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।

