नेकपा नुवाकोटको जिल्ला इन्चार्जमा राजेन्द्र लोहनी
नुवाकोट, जेठ १३ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटको जिल्ला इन्चार्जमा कमरेड राजेन्द्र लोहनी चयन हुनुभएको छ । पार्टीले जिल्ला संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न जिम्मेवारी बाँडफाँड गरेको जनाएको छ ।
पार्टीको निर्णयअनुसार सह–इन्चार्जमा राधिका तामाङ, राम प्रसाद ढुंगाना, हिरानाथ खतिवडा तथा बसन्त बस्नेत चयन हुनुभएको छ । त्यसैगरी जिल्ला संयोजकको जिम्मेवारी पुष्प लामिछानेलाई दिइएको छ भने सह–संयोजकमा गोबिन्द नेपाली र मिना वाइबा चयन हुनुभएको छ ।
नयाँ जिम्मेवारी प्राप्त सम्पूर्ण नेताहरूलाई पार्टी पंक्तिबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको जनाइएको छ । पार्टीले आगामी दिनमा संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास लिएको छ ।

