सुन तोलामा १ हजारले घट्दा चाँदी २० रुपैयाँले बढ्यो, यस्तो छ आजको बजार भाउ
काठमाडाैं,जेठ १३ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा विपरीत उतारचढाव देखिएको छ। यस दिन सुनको भाउमा गिरावट आउँदा चाँदीको मूल्य भने केही महँगिएको छ।
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले ओरालो लागेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन अर्थात् मंगलबार मात्रै सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
चाँदीको मूल्यमा भने सामान्य सुधार देखिएको छ। मंगलबार प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बुधबार २० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

