गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हटाउने सोच छैन : सर्वोच्च अदालत



काठमाडौँ,जेठ १४ । सर्वोच्च अदालत ले गोला प्रक्रियाद्वारा हुँदै आएको पेशी व्यवस्थापन प्रणालीबारे पुनर्विचार गर्ने कुनै सोच नरहेको स्पष्ट पारेको छ ।

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला ले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नै मुद्दाको पेशी व्यवस्थापन भइरहेको र यसलाई परिवर्तन गर्ने कुनै योजना नरहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा “दैनिक पेशी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल भएको छैन” भनिएको छ ।

विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अदालतमा लागू गरिएको गोला प्रक्रियाको विकल्प खोजिएको भन्ने आशयका समाचार प्रकाशित भएपछि सर्वोच्च अदालतले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्