भोलि जेठ १५ मा बजेट सार्वजनिक हुँदै, संयुक्त बैठक अपराह्न ४ बजे
काठमाडौँ,जेठ १४ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्याल ले जेठ १५ गते बस्ने संयुक्त बैठकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई दिउँसो ३:४५ बजेभित्र उपस्थित भइसक्न सूचित गर्नुभएको हो ।
नेपालको संविधान जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तय गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर सोही दिन बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

