युएफसीको ढोकामा रविन्द्र, रोड टु युएफसीको सेमिफाइनलमा नेपाली फाइटरको दमदार प्रवेश



काठमाडौं,जेठ १४ । नेपाली एमएमए फाइटर  युएफसीको छनोट प्रतियोगिता ‘रोड टु युएफसी सिजन–५’ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार सम्पन्न क्वाटरफाइनल प्रतिस्पर्धामा रविन्द्रले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । सुरुमा उनले म्याट्टी इयानसँग खेल्ने तालिका रहे पनि इयान घाइते भएपछि अलिन्टोजोनले प्रतिस्पर्धामा स्थान पाएका थिए ।

ब्यान्टमवेट तौल समूहमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले प्रतियोगिताको उपाधि जिते युएफसीको मुख्य स्टेजमा स्थान बनाउने अवसर पाउनेछन् ।

पछिल्लो समय नेपाली एमएमएमा चर्चित फाइटरका रूपमा उदाएका रविन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले गत वर्ष भारतको ग्रेटर नोइडामा आयोजित ‘मेट्रिक्स फाइट नाइट–१७’ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।

रविन्द्रको पछिल्लो सफलतासँगै नेपाली एमएमए खेलप्रेमीमा उत्साह थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्