मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत



काठमाडौँ, जेठ १५ — मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह को अध्यक्षतामा बसेको बैठकले बजेट पारित गरेको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेल ले जानकारी दिनुभयो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

संवैधानिक व्यवस्था अनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ।सरकारले यस वर्षको बजेटमार्फत आर्थिक सुधार, वित्तीय अनुशासन, निजी क्षेत्रको प्रवर्द्धन तथा विकास खर्चलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्