१० लाखसम्मको आम्दानीमा आयकर छुट
काठमाडौं,जेठ १५ । काठमाडौँ सरकारले व्यक्तिगत आयकरमा राहत दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिलाई आयकर छुट दिने व्यवस्था गरिएको जानकारी दिनुभयो।
सरकारले मध्यम तथा न्यून आय भएका नागरिकलाई राहत दिने उद्देश्यसहित व्यक्तिगत आयकरको दायरा परिमार्जन गरेको जनाएको छ। नयाँ व्यवस्थाअनुसार वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन।
सरकारले कर प्रणालीलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्यका साथ बजेटमार्फत विभिन्न कर सुधारका कार्यक्रम अघि सारेको बताएको छ।

