विशेष सहुलियतसहित एनआरएनलाई स्वदेशी लगानीमा आकर्षित गर्ने सरकारको घोषणा



काठमाडौं,जेठ १५ । सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई स्वदेशमा लगानी गर्न प्रेरित गर्ने नीति अघि सारेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री ले गैरआवासीय नेपालीलाई विशेष सहुलियतसहित नेपालमा लगानी गर्न प्रोत्साहन गरिने घोषणा गर्नुभएको हो ।

बजेटमार्फत सरकारले वैदेशिक लगानी आकर्षित गर्ने तथा देशको आर्थिक विकासमा गैरआवासीय नेपालीको सहभागिता बढाउने लक्ष्य लिएको जनाएको छ । सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्दै विभिन्न क्षेत्रमा सहुलियत र सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्