खानेपानी व्यवस्थापनका लागि ३७ अर्बभन्दा बढी बजेट विनियोजन



काठमाडौं,जेठ १५ । सरकारले देशभर स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्न आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खानेपानी क्षेत्रको पूर्वाधार विकास, सेवा विस्तार तथा दीर्घकालीन व्यवस्थापनका लागि उक्त बजेट छुट्याइएको जानकारी दिनुभयो ।

सरकारले ग्रामीण तथा दुर्गम क्षेत्रमा खानेपानी सेवा विस्तार, पुराना आयोजना स्तरोन्नति तथा नयाँ आयोजना सञ्चालनलाई प्राथमिकतामा राखेको जनाएको छ । साथै स्वच्छ खानेपानीमार्फत जनस्वास्थ्य सुधार गर्ने लक्ष्य पनि बजेटमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्