कलंकी–वसुन्धरा–गौसला सडक आगामी वर्ष सम्पन्न गरिने



काठमाडौं,जेठ १५ । सरकारले काठमाडौँको कलंकी–वसुन्धरा–गौसला सडक खण्ड आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै उक्त सडक निर्माण कार्य आगामी वर्ष पूरा गरिने जानकारी दिनुभएको हो । उहाँले सडकसँगै सो खण्डमा निर्माण गर्न बाँकी रहेका पुलहरू पनि आगामी वर्षभित्र सम्पन्न गरिने बताउनुभयो ।

सरकारले राजधानीको ट्राफिक व्यवस्थापन सहज बनाउन तथा यातायात पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्