पाँच वर्षभित्र सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको लक्ष्य



काठमाडौं,जेठ १५। सरकारले आगामी पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकारले खानेपानी सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँका अनुसार आगामी तीन वर्षभित्र ६५ प्रतिशत नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी उपलब्ध गराइनेछ भने पाँच वर्षभित्र सबै नागरिकलाई उक्त सेवा पुर्‍याइने लक्ष्य राखिएको छ ।

त्यसैगरी, आधुनिक तथा स्मार्ट वितरण प्रणाली लागू गर्दै चौबीसै घण्टा स्वच्छ पिउने पानी उपलब्ध गराउने व्यवस्था गर्ने सरकारको योजना रहेको पनि अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्