त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड बजेट विनियोजन



काठमाडौँ, जेठ १५— सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट सङ्घीय संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्दै उक्त बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो।

सरकारले देशको एक मात्र अन्तर्राष्ट्रिय प्रमुख हवाई प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्षमता विस्तार तथा पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर स्तरोन्नति कार्य अघि बढाउने जनाएको छ।

त्यस्तै, सरकारले टरी गाउँसहित अन्य आन्तरिक विमानस्थलहरूको समेत स्तरोन्नति गर्ने योजना सार्वजनिक गरेको छ। यसबाट हवाई सेवा विस्तार, यात्री सेवा सुधार तथा क्षेत्रीय सम्पर्क सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्