तलब २१ प्रतिशतले बढ्यो, न्यूनतम ४० हजार कायम—साउन १ देखि लागू हुने
काठमाडौं,जेठ १५ । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै सरकारी कर्मचारीको तलबमानमा २१ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । साथै कर्मचारीको न्यूनतम तलब ४० हजार रुपैयाँ कायम गरिएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्दै उक्त घोषणा गर्नुभएको हो । उहाँका अनुसार नयाँ तलबमान आगामी साउन १ गतेदेखि लागू हुनेछ ।
महँगी भत्तालाई निरन्तरता दिँदै कर्मचारीको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित तलब समायोजन गरिएको सरकारको भनाइ छ ।

