“ढुक्क हुनुस्!” — दिनभर मौन बसेका बालेन राति दुई शब्दमै चर्चामा
काठमाडौं,जेठ १५ । प्रधानमन्त्री बालेन्द्र साह (Balendra Saha) (बालेन) बजेट भाषण र गणतन्त्र दिवस कार्यक्रमभर मौन देखिएपछि राति सामाजिक सञ्जालमार्फत अचानक सक्रिय भएका छन्।
गणतन्त्र दिवस कार्यक्रममा आफूले सम्बोधन गर्नुपर्ने अपेक्षा गरिएका बेला राष्ट्रपति रामचन्द्र पौडेल (Ram Chandra Poudel) लाई बोल्न दिएको भन्दै चर्चा भइरहेका बालेनले राति फेसबुकमा केवल दुई शब्द लेखे— ‘ढुक्क हुनुस्!’
उनको उक्त छोटो स्टाटसले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया पाएको छ। पोस्ट सार्वजनिक भएको १५ मिनेटमै एक लाखभन्दा बढी लाइक पुगेको छ भने २३ हजार ५ सयभन्दा बढी कमेन्ट आएका छन्।यस्तै २१ सयभन्दा बढी पटक शेयर गरिएको छ।
बालेनले ‘ढुक्क हुनुस्’ भन्ने अभिव्यक्ति कुन सन्दर्भमा लेखेका हुन् भन्ने स्पष्ट खुलाइएको छैन। तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई बजेट, समसामयिक राजनीतिक अवस्था तथा नागरिकलाई आश्वस्त पार्ने संकेतका रूपमा व्याख्या गर्न थालेका छन्।
दिनभर मौन रहेका बालेनको दुई शब्दको पोस्टले भने रातारात सामाजिक सञ्जालमा नयाँ बहस सुरु गराएको छ।

