निमोनिया संक्रमणपछि प्रचण्ड अस्पताल भर्ना



काठमाडौं,जेठ १६ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल निमोनिया संक्रमण भएपछि अस्पताल भर्ना भएका छन्।

उनलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल मा भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

आचार्यका अनुसार प्रचण्डलाई पछिल्ला तीन दिनदेखि रुघाखोकी र ज्वरोको समस्या देखिएको थियो। रुघाखोकी, ज्वरो तथा हल्का निमोनियाका कारण चिकित्सकको निगरानीमा राखी अस्पतालमा उपचार भइरहेको उनले बताए।

उपचारपछि प्रचण्डको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको पनि आचार्यले जानकारी दिए।

अस्वस्थताकै कारण प्रचण्ड शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिएको संघीय संसद्को बैठकमा सहभागी हुन सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्