जापानमा अध्ययनरत नुवाकोटका विद्यार्थी अमन अधिकारी सम्पर्कविहीन, खोजीमा सहयोग गर्न आग्रह
काठमाडौं,जेठ १६ । जापानमा अध्ययनरत नेपाली विद्यार्थी अमन अधिकारी सम्पर्कविहीन भएपछि परिवारले खोजी तथा सहयोगका लागि सबैसँग अनुरोध गरेको छ।
नुवाकोटको विदुर नगरपालिका–३ पिपलडाँडा स्थायी घर भई हाल जापानमा बसोबास गर्दै आएका अधिकारी टोकियोस्थित एभरेस्ट इन्टरनेशनल स्कूलमा कक्षा ९ मा अध्ययनरत छन्। परिवारका अनुसार उनी नियमित रूपमा बिहान ८:२० बजे विद्यालय जाने र बेलुका ५:१० बजे घर फर्किने गरेका थिए।
तर नियमित झैँ विद्यालयबाट घर फर्किने क्रममा रहेका अधिकारी हालसम्म परिवारको सम्पर्कमा नआएको जनाइएको छ। यस घटनापछि परिवार चिन्तित बनेको छ भने उनको खोजी कार्यमा सहयोग गरिदिन जापानमा रहेका नेपाली समुदाय, विद्यालय प्रशासन तथा सम्बन्धित सबै निकायसँग आग्रह गरिएको छ।
अमन अधिकारीबारे कुनै जानकारी प्राप्त भएमा वा भेटिएमा तत्काल नजिकको सम्बन्धित निकाय वा परिवारको सम्पर्क नम्बर ०९०–१०८४–७३७९ मा जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।

