पाँचदिने भ्रमणमा रवि लामिछाने भारत प्रस्थान



काठमाडौँ, जेठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि सोमबार प्रस्थान गर्नुभएको छ।

उहाँ नीतिन नवीनको निमन्त्रणामा भारत जानुभएको हो। भ्रमणका क्रममा उहाँले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

रास्वपाका अनुसार भ्रमणका क्रममा विभिन्न राजनीतिक नेतृत्व तथा कूटनीतिक अधिकारीहरूसँग समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सभापति लामिछाने जेठ २२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्