सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको दुई लाख ९३ हजार २०० रुपैयाँ
काठमाडौं,जेठ ३१ । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेर दुई लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ।
गत शुक्रबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। आजको वृद्धिसँगै सुनले फेरि नयाँ उचाइ कायम गरेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला चार हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।

