निरन्तर बढ्दै सुन-चाँदीको भाउ, आज एकैदिन ताेलामा ५ हजारले बढ्याे
काठमाडौं,असार १ । साताको दोस्रो दिन सोमबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ। हिजो तोलामा १ हजार २०० रूपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला ५ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९३ हजार २ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

