नेपालको विकासमा सघाउन चीनको प्रतिबद्धता



काठमाडौँ, असार २ — चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यी बीच बेइजिङमा भएको उच्चस्तरीय भेटवार्तामा नेपाल–चीन सम्बन्ध, व्यापार, पूर्वाधार, ऊर्जा, प्रविधि हस्तान्तरण, पर्यटन र कनेक्टिभिटीका विषयमा व्यापक छलफल भएको छ।

भेटमा चीनले नेपालको विकास, समृद्धि र आधुनिकीकरण प्रक्रियामा विश्वसनीय साझेदारका रूपमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ। नेपालले एक चीन नीतिप्रति आफ्नो अडान दोहोर्‍याउँदै चिनियाँ लगानी र सहकार्यलाई स्वागत गर्ने जनाएको छ।

दुवै पक्षले उच्च गुणस्तरको बेल्ट एन्ड रोड पहल कार्यान्वयन, सीमा व्यवस्थापन, ऊर्जा, सूचना प्रविधि, कृषि तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य बढाउने सहमति गरेका छन्। साथै साझा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा पनि धारणा आदानप्रदान भएको थियो।

परराष्ट्रमन्त्री खनालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङ सँग पनि भेटवार्ता गर्दै पार्टीगत तथा जनस्तरीय सम्बन्ध विस्तारबारे छलफल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्